कालीगण्डकीमा बेपत्ता सातै जनाको उद्धार
वि.सं.२०७९ असार ३ शुक्रवार १४:१६
shares

कालीगण्डकी नदीमा र्याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ । पाल्पाको रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुंगा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए ।
डुंगा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । स्थानीयवासी र डुंगा चालकले बेपत्ताको उद्धार गरेका हुन् ।
वर्षायाम सुरु भएकाले डुंगा नचलाउन सुझाव दिएको उनले बताए ।

























