गृहपृष्ठ भेरी नदीमा नुहाउन गएका ३ बालबालिका बेपत्ता
भेरी नदीमा नुहाउन गएका ३ बालबालिका बेपत्ता

भेरी नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगंगा नगरपालिका-११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् ।
स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, आठ वर्षीया कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् । शनिबार साँझ उनीहरू नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको छन् ।
प्रकाशित समय : १३:०७ बजे