गृहपृष्ठ एसियाली खेलकुदमा काताबाट पदकको सम्भावना बलियो बनाउँदै नेपाल
एसियाली खेलकुदमा काताबाट पदकको सम्भावना बलियो बनाउँदै नेपाल
काठमाडौँ । आगामी २०औँ एसियाली खेलकुदमा करातेको काता विधाबाट पनि नेपालले पदकको आशा गरेको छ ।
जापानको आइची–नागोयामा आगामी असोज ३ गतेदेखि हुने एसियाली खेलकुदमा नेपालले महिला एकल र महिला टिम कातामा प्रतिस्पर्धा गर्दैछ ।
नेपाल कराते महासङ्घका अनुसार महिला एकल कातामा सानुमाया थिङ तथा टिम कातामा सानुमायासँगै मेघा लिम्बू र एलिसा रास्कोटी मगरले प्रतिस्पर्धा गर्नेछन् । काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठको प्रशिक्षणमा टोलीले तयारी गरिरहेको छ ।
नेपालले पहिलोपटक महिला टिम कातामा एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको हो ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार ‘मिसन २०२६’ अन्तर्गत एसियाली खेलकुदलाई लक्षित गरी लामो समयदेखि बन्द प्रशिक्षण सञ्चालन हुँदै आएको छ । परिषद् र नेपाल ओलम्पिक कमिटीले एसियाली खेलकुदका लागि नेपाली टोलीको अन्तिम तयारी र व्यवस्थापनमा सहकार्य गरिरहेका छन् ।
प्रकाशित समय : १४:२० बजे


















