काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज कतै वर्षा कतै हिमपातको सम्भावना

777
shares

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भू(भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ।

महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित बाँकी हिमाली भू(भागमा साधारणतया बादल लागेको छ। पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलोको प्रभाव देखिएको छ। यीबाहेक अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।

सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागमा आंशिक बादल लाग्ने र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भाग र गण्डकी प्रदेशको हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ।