काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने पक्राउ

546
shares

महेन्द्रनगर । महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आइतबार कुटाकुट गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबीच पुनः वादविवाद भई झगडा भएपछि भीमदत्तनगरपालिका–५ का पाँच र भीमदत्त –१७ का एक गरी ६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त –५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशनलुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार र भीमदत्तनगरपालिका–१७ का २५ वर्षीय विशाल कोली रहेका छन् ।

वडा प्रहरी परिसरमै कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ति जारी गरी उक्त विवादमा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।