काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विपन्नको उपचार गर्न महायज्ञ

882
shares

तुलसीपुर । विपन्न नागरिकको उपचारमा आर्थिक सहायता जुटाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले श्रीमद्भागवत जीवन विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

दीर्घरोगीसहित अन्य बिरामीलाई आर्थिक सहयोगका लागि महायज्ञ आयोजना गर्न लागिएको वडाध्यक्ष माधव वलीले बताए ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाका नागरिकलाई सहयोग गर्न महायज्ञ आयोजना गरिएको जानकारी दिए ।

महायज्ञबाट सङ्कलित रकम कोषमा जम्मा गरिने वडाध्यक्ष वलीले बताए । कोषको रकमलाई वडाको सिफारिस समिति र कोष परिचालन समितिले पारित गरेपछि भुक्तानी गरिनेछ ।

उपमहानगरपालिकाले सोसम्बन्धी कार्यविधि तयार पारेको छ । उनका अनुसार आगामी मङ्सिर ६ देखि १५ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञबाट करिब एक करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञको मुख्य वाचकका रूपमा पण्डित अमृतशरण देवाचार्य रहनेछन् ।