मुस्ताङको ठिनी खोला पुल उद्घाटन
वि.सं.२०८३ कात्तिक ३० सोमवार १४:३७
shares

सारांश
- जिल्लाको घरपझोङ गाउँपालिकाको पाँचै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी खोलामा नवनिर्मित पक्की पुल उद्घाटन गरिएको छ ।
- नन्दप्रसाद न्यौपानेले चार करोड ४६ लाखको लागतमा तयार भएको उक्त पुलको आज उद्घाटन गरेका हुन ।
मुस्ताङ । जिल्लाको घरपझोङ गाउँपालिकाको पाँचै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी खोलामा नवनिर्मित पक्की पुल उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री नन्दप्रसाद न्यौपानेले चार करोड ४६ लाखको लागतमा तयार भएको उक्त पुलको आज उद्घाटन गरेका हुन ।
मन्त्रालय अन्तर्गत लम्बाइ ३५ मिटर र ८.४ मिटर चौडाइको उक्त पुल निर्माणपछि पर्यटकीय गन्तव्य ढुम्बाताल, ढुम्बा, सम्ले, छैरो, चिमाङ, ठिनी र मार्फा क्षेत्रमा बाह्रै महिना सडक आवागमनमा सहज हुनेछ ।

























