global ime bank Long Banner Ad

गृहपृष्ठ प्रकाश सपूतको गीतलाई समर्थन गर्दै बाबुरामले भने- तीतो सत्यलाई स्वीकारौं

प्रकाश सपूतको गीतलाई समर्थन गर्दै बाबुरामले भने- तीतो सत्यलाई स्वीकारौं

प्रकाश सपूतको गीतलाई समर्थन गर्दै बाबुरामले भने- तीतो सत्यलाई स्वीकारौं

सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै गायक प्रकाश सपूतको गीत ‘पीर’ विवादमा तानिएको छ । ‘पिर’ शीर्षकको म्युजिक भिडिओले जनयुद्ध लडेका महिलाको अपमान गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले गम्भीर आपत्ति जनाइरहेका छन् । तर जनयुद्धकै एक शीर्ष नेता डा. बाबुराम भट्टराईले भने समर्थन गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्षको भूमिकामा रहेका डा. भट्टराईले आफू पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार रहेको उल्लेख गर्दै गीतमा आपत्तिजनक कुरा नरहेको प्रतिक्रिया दिएका हुन्। 

‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु – त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन’, डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्क्याउने?’ भट्टराईले प्रश्नसमेत गरेका छन् ।

माओवादीद्वारा सञ्चालित १० बर्षे जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित उक्त गीत १६ मिनेट २५ सेकेन्डको छ। गीतमा सपूतले जनयुद्ध लडेकाहरु अहिले कसरी जीवन पाल्दैछन् भनेर चित्रण गरेका छन् ।

भिडिओको एक दृश्यमा जनयुद्धका एक पूर्वलडाकुले जीवन बाँच्नकै लागि देह व्यापार गरेको दृश्य देखाइएको छ । जसलाई लिएर माओवादीका नेताहरुले एकपछि अर्काे अभिव्यक्ति दिएर विरोध जनाइरहेका छन् । महान जनयुद्धलाई देह व्यापारसँग तुलना गरेर अपमान गरेको उनीहरुको आरोप छ । तर भट्टराई तीतो सत्य भएको भन्दै माओवादीहरुलाई स्वीकार्न आग्रह गरेका छन् ।

उनले अर्काे ट्वीट गर्दै भनेका छन्, ‘तथ्यबाट सत्य खोज’ माक्र्सेली चिन्तनपद्धतिले भन्छ । अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु – महिलाहरु आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन् । हिजो जनमुक्तिकानिम्ति बन्दुक बोक्नेहरु पेट पाल्न देह बेच्दैछन् । तीतो सत्य स्वीकारौं । समाधान खोजौं ।,

भट्टराईले गायक सपूतलाई मेन्सन गर्दै समर्थन जनाएका छन् । र सपूतलाई नसराप्न माओवादी कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु