गृहपृष्ठ नेपाल भलिबल लिग भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने
नेपाल भलिबल लिग भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने
काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आगामी भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुनेछ।
नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिगको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। प्रतियोगितालाई भव्य, व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अघि बढाइएको आयोजकको भनाइ छ।
लिगको मुख्य आकर्षणका रूपमा रहेको खेलाडी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोली सहभागी हुनेछन्। आयोजकले टोलीका मालिक, लोगो, नारा, मार्की खेलाडी तथा मुख्य र सहायक प्रशिक्षकसमेत सार्वजनिक गरिसकेको छ।
दर्शकको सहजतालाई ध्यानमा राख्दै टिकटिङ पार्टनरका रूपमा आईएमई खल्ती लिमिटेड र ब्रोडकास्टिङ पार्टनरका रूपमा कान्तिपुर टेलिभिजनसँग सम्झौता भइसकेको आयोजकले जनाएको छ।
प्रकाशित समय : १२:०२ बजे


















