गृहपृष्ठ बसका सहचालक चिप्लिएर खहरे खोलामा बेपत्ता

बसका सहचालक चिप्लिएर खहरे खोलामा बेपत्ता

बसका सहचालक चिप्लिएर खहरे खोलामा बेपत्ता

नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका-५ स्थित खहरेखोलामा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना६ख ७४६३ नम्बरको बसका सहचालक आज बिहान चिप्लिएर बेपत्ता भएका हुन् ।

कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसबाट झरेर चाउचाउ किन्न गएका बोहोराको एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ ।

अहिले बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको छ ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु