गृहपृष्ठ गण्डकी
लगातारको वर्षाका कारण बुधबार साँझ कालीगण्डकी नदीमा आएको बाढीले बेनी–बगरफाँट–बाँसखर्क सडक अवरुद्ध भएको छ । म्याग्दी सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका वडा नं ३ स्थित वारीबेनीबाट बगरफाँट हुँदै बाँसखर्क जाने सडक पूर्णरुपमा अवरुद्ध भएको हो । पर्वत र...
तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महिनाको तलब छाब्दी वाराही विकास कोषलाई हस्तान्तरण गरेका छन् । चुनावमा जीत हासिल गरेपछि जिल्लाकै सामाजिक काममा तलब उपलब्ध गराउने घोषणा बमोजिम श्रेष्ठले ५० हजार रूपैयाँ कोषका अध्यक्ष...
सशस्त्र प्रहरी बल (एपीएफ)ले यो वर्ष पनि राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौरमा भएको लामाचौर तीज महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलमा एपीएफले चिरपरिचित प्रतिद्वन्द्वी काठमाडौंको न्यु डायमन्डलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको...
लेखनाथको भण्डारढिक सैनिक बस्तीमा बुधबार सम्पन्न रिद्धिसिद्धि सिमेन्ट २४औं आदर्श कप फुटबल प्रतियोगिता २०७५ को उपाधि एन्फा स्याङ्जाले जितेको छ । भण्डारढिकको फुटबल खेल मैदानमा भएको फाइनल खेलमा एन्फा स्याङ्जाले आयोजक आदर्श क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको...
विभिन्न समयमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापितहरु अहिले नवलपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् । बाढीका कारण विस्तापित भएसँगै तत्कालीन समयमा विपद् व्यवस्थापन समितिले प्रति घर १० धुरका दरले विभिन्न समयमा विस्थापितहरुलाई जग्गा वितरण गरेको थियो । वि.सं....
अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८...
पोखराको बेगनास तालमा शनिबार डुंगा दुर्घटना हुदा दुईजनाको मुत्यु भएको छ । दुर्घटनामा एकै परिवारका तीनसहित ६ जना बेपत्ता भएका छन् । दुर्घटनामा परेका तीन जनाको भने सकुसल उद्धार गरिएको छ । शनिबार दिउँसो आफन्तकहाँ दर खान निस्केका ११ जनाको...
पोखराको लामाचौरमा शनिबारदेखि लामाचौर तीज महोत्सव २०७५ सुरु भएको छ । भदौ २७ गतेसम्म सञ्चालन हुने महोत्सवको एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले उद्घाटन गरे । मेला उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले मेला र महोत्सवलाई आर्थिक विकास र समृद्धिका...
दर खाने कार्यक्रममा सहभागी हुन जाँदै गरेका चेलिबेटी बोकेको डुंगा पल्टिँदा पाँच जना बेपत्ता भएका छन् । पोखराको बेगनास तालमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ । नौ जना सवार डुंगामा दुई महिला र तीन बालबालिका बेपत्ता भएका छन्...
गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताएका छन् । २० औं वासु स्मृति दिवसमा सहभागी हुन शनिबार गोरखा पुगेका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरको कुरा सत्य नभएको बताएका छन् । बाहिर चर्चामा आएजस्तो...













