गृहपृष्ठ तीजको दर खान हिँडेका चेली बोकेको डुंगा पल्टियो
तीजको दर खान हिँडेका चेली बोकेको डुंगा पल्टियो
दर खाने कार्यक्रममा सहभागी हुन जाँदै गरेका चेलिबेटी बोकेको डुंगा पल्टिँदा पाँच जना बेपत्ता भएका छन् । पोखराको बेगनास तालमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ । नौ जना सवार डुंगामा दुई महिला र तीन बालबालिका बेपत्ता भएका छन् । डुंगा पल्टिदा तालमा डुबेका ५ जनालाई उद्धार गरी अस्पताल लैजाने क्रममा एक जना मृत्यू भएको र बाकी ५ जना हराईरहेको जिल्ला प्रहरी कार्याल कास्कीले जनाएको छ ।
दुर्घटनामा उद्धार गरिएकी कृष्णकुमारी बजगाईको मृत्यु भएको जनाईएको छ । उद्धार गरिएका निषा पौडेल, सपना खनाल र कमलराज कँडेलको शिशुवास्थित लेखनाथ लायन्स सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाँदै गरेका चेलिबेटी बोकेको डुंगा दुर्घटना भएको हो ।
प्रकाशित समय : २१:३४ बजे



















