global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीज्यू ! बालुवाटार सरकारी निवास कि पार्टी प्यालेस ?

प्रधानमन्त्रीज्यू ! बालुवाटार सरकारी निवास कि पार्टी प्यालेस ?

प्रधानमन्त्रीज्यू ! बालुवाटार सरकारी निवास कि पार्टी प्यालेस ?

बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो । जहाँ पार्टीको बैठकसमेत राख्नु पदीय मर्यादाको दुरुपयोग मानिन्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सो सुविधालाई सरकारी निवासमात्र सीमित नराखि पार्टी कार्यालय र पार्टी प्यालेसजस्तो बनाइरहेका छन् । पार्टीका आन्तरिक बैठकदेखि अन्य भेटघाट र भोज पनि त्यहीँ गरेर निजी घरका रुपमा प्रयोग गरेको भन्दै आलोचना बढेको छ ।

हँदा हुँदा प्रधानमन्त्री ओलीले आफ्नो ओली वंशको साधारणसभासमेत सरकारी निवासमै गराएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय शक्तिशाली बनाउने घोषणा गरे पनि बालुवाटारबाटै अधिकांश काम गर्दैै आएका प्रधानमन्त्री ओलीले सरकारी खर्चमा आफ्नो बंशावलीको साधारणसभा गरेका हुन् । बालुवाटारस्थित सरकारी निवासबाटै शासनसत्ता चलाउने अभ्यास देखाइरहेका उनले अनावश्यक रुपमा सरकारी ढुकुटीबाट खर्च गर्दै गलत संस्कारलाई विकाश गरेका छन् ।

जुसको सामाजिक सञ्जालमा चर्काे विरोध भइरहेको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास प्रयोगको आचरणलाई ब्यंग्य गर्दै कतिपयले सामाजिक सञ्जाल मार्फत ‘कुल पुजा’ समेत बालुवाटारमै गराउन आग्रह गरेका छन् ।

मुलुकको सर्वोच्च कार्यकारी पदमा बसेको व्यक्ति भएकाले प्रधानमन्त्री निवासमा मान्छेको जमघट हुनु स्वभाविक हो । तर सरकारी खर्चले भोज भतेर गर्दै सेना प्रहरीलाई टेबल कुर्सी बोकाएर कार्यक्रम गर्दा नसुहाएको कांग्रेस नेता देवेन्द्रराज कँडेल बताउँछन् । ‘कहिले पार्टीको, कहिले संसदीय दलको, कहिले मन्त्रीपरिषद् बैठक गर्नुपर्ने हुँदा प्रधानमन्त्रीलाई सहज बनाउन सरकारी निवासमा बैठक गर्नु स्वभाविक हो,’ कडेल भन्छन् ‘तर पार्टीको जम्बो केन्द्रिय समिति बैठक, आफ्नो वंशावलीको साधारणसभा गर्ने काम चाहिँ कहीँ नभएको जात्रा हाँडी गाँउमा भनेजस्तो हो ।’

सरकारी ढुकुटीबाट खर्च हुने र गलत संस्कारको विकास हुने भएकाले त्यस्ता कार्यक्रममा बालुवाटारमा आयोजना गर्नु उचित नहुने पुर्वप्रशासक तथा विज्ञहरु बताउँछन् । लेखक खगेन्द्र संग्रौलाले त प्रधानमनत्री शैलीलाई शामन्ती भन्दै टिप्पणी छन् ।

‘पार्टीको जम्बो बैठक र वंशको बैठक समेत सरकारी निवासमा राख्नु आफुलाई ठालु देखाउने सामन्ती शैली हो,’ संग्रौला भन्छन्, ‘प्रधानमन्त्रीले आफ्ना भाइ बन्धुलाई स्वागत सत्कार गर्न पाउछन् : तर सरकारी निवास बालुवाटारमा होइन, निजी निवासमा ।’

प्रधानमन्त्रीको सरकारी निवास सरकारी कामकाजको थलो हो । तर बालुवाटारमा देशका लागि महत्व बोकेको कार्यक्रमभन्दा पनि व्यक्तिगत र राजनीतिक दलसम्बन्धी बैठक र कार्यक्रम बढी हुँदै आएको छ । सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री ओलीले पछिल्लो समय एमले र माओवादी केन्द्र मिलेर बनेको पार्टी नेकपाको जम्बो बैठक समेत त्यहीँ राख्दै आएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणपछि बालुवाटरमा दिइएको भव्य भोजको खुलेर आलोचना भएको थियो । त्यसयता पार्टीका जम्बो टोलीका नियमित बैठकहरु बालुवाटारमा नै बस्दै आएका छन् ।

प्रधानमन्त्री भैसकेपछि निजी निवास छाडेर सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीहरु सर्ने गर्छन् । पर्याप्त सुरक्षा, उच्चस्तरीय भेटघाट भैरहने हुँदा त्यही अनुसारको खुला ठाउँ, सौन्दर्यता लगायतका कारण निजी निवास छाडेर प्रधानमन्त्री सरकारी निवासमा आउँछन् । प्रधानमन्त्री कार्यालय व्यवस्थापनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवालय नै बनाएर कर्मचारी राखेको हुन्छ । जुनसुकै दलको सरकार आए पनि प्रधानमन्त्रीको सरकारी निवासलाई अर्को पार्टी कार्यालय बनाइएको आरोप लाग्दै आएको छ ।

कांग्रेसका गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाललगायतका प्रधानमन्त्रीले पनि सही सदुपयोग गरेका थिएनन् ।

प्रकाशित समय : २१:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु