गृहपृष्ठ सांसदको तलब छाब्दी वाराही कोषलाई
सांसदको तलब छाब्दी वाराही कोषलाई
तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महिनाको तलब छाब्दी वाराही विकास कोषलाई हस्तान्तरण गरेका छन् ।
चुनावमा जीत हासिल गरेपछि जिल्लाकै सामाजिक काममा तलब उपलब्ध गराउने घोषणा बमोजिम श्रेष्ठले ५० हजार रूपैयाँ कोषका अध्यक्ष प्रेम आलेलाई हस्तान्तरण गरेका हुन् ।
सांसद श्रेष्ठले छाब्दी राष्ट्रकै परिचित धार्मिक तीर्थस्थल भएकाले गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
श्रेष्ठले यसअघि पाँच महिनाको तलब विभिन्न संघसंस्थालाई हस्तान्तरण गरिसेकेका छन् ।
(रासस)
प्रकाशित समय : १६:२८ बजे



















