global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसकाे प्रश्न : निर्मलाको हत्या गर्ने ‘शक्तिशाली’ आपराधी को हो ?

कांग्रेसकाे प्रश्न : निर्मलाको हत्या गर्ने ‘शक्तिशाली’ आपराधी को हो ?

कांग्रेसकाे प्रश्न : निर्मलाको हत्या गर्ने ‘शक्तिशाली’  आपराधी को हो ?

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा छानबिन प्रभावकारी नभएको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।

घटनाको दोषीलाई सरकारले संरक्षण गरेको कांग्रेसले आरोप लगाएको छ ।बैठकको सुरुमा बोलेका कांग्रेस सांसद दिलेन्द्र बडुले के कारणले दोषीलाई पक्राउ गर्न नसकिएको भन्दै प्रश्न गरे । उनले सो घटनाका विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरे ।

सरकारले बनाएको छानबिन समितिका सदस्य वीरेन्द्र केसीले  सुरुक्षा नरहेको भन्दै राजीनामा दिएको भन्दै सांसद बडुले त्यस्तो शक्तिशाली अपराधी को हो भन्दै प्रश्न गरे । लगत्तै सभामुख कृष्णबहादुर महराले घटानाको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।प्रतिपक्ष कांग्रेसले संसद बैठक अवरुद्ध गरेपछि सभामुख महराले घटनाकाबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु