global ime bank Long Banner Ad

गृहपृष्ठ कनकाई नगर प्रमुख र उपप्रमुख सामाजिक सेवामा पनि सक्रिय

कनकाई नगर प्रमुख र उपप्रमुख सामाजिक सेवामा पनि सक्रिय

कनकाई नगर प्रमुख र उपप्रमुख सामाजिक सेवामा पनि सक्रिय

विकास निर्माणलाई उच्च प्राथमिकता दिएको झापाको कनकाई नगरपालिकाका प्रमुख सामाजिक सेवामा उत्तिकै सक्रिय भएका छन् । यो वर्षको पारिश्रमिक नलिएका नगर प्रमुख राजेन्द्रप्रसाद पोखरेलले निजी खर्चमा विद्यार्थी पठनपाठनको जिम्मा लिएका हुन् ।

नगर प्रमुख पोखरेल र उपप्रमुख मञ्जु प्रसाईंले चार जना विद्यार्थीको पठनपाठनको जिम्मा लिएका छन् । उनीहरूले कनकाई नगरपालिका–५ स्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी अभिभावकत्व ग्रहण गरेका छन् ।

विद्यालयमा एक कार्यक्रम गरी प्रमुख-उपप्रमुखले विद्यार्थीलाई निजी खर्चमा शैक्षिक सामग्री तथा दुई-दुई सेट विद्यालय पोसाक प्रदान गरेका छन् । आर्थिक अवस्था कमजोर भर्इ शैक्षिक सामग्रीका साथै विद्यालय पोसाक किन्न नसक्ने कक्षा १ मा अध्ययनरत रोशी यादव र नर्सरी कक्षामा अध्ययनरत कुसुम सोरेनको अभिभावकत्व नगर प्रमुख पोखरेलले लिएका छन् । त्यस्तै, कक्षा १ मा अध्ययनरत लक्ष्मण मुर्मू र कक्षा ३ मा अध्ययनरत पदम सुन्चिउरीलाई उपप्रमख प्रसाईंले अभिभावकत्व लिइन् ।

नगर प्रमुख पोखरेलले आफूले पाउने तलब पनि लिएका छैनन् । ‘यो वर्ष मैले पाउने तलबबाट कर कटाएर तीन लाख ६० हजार रुपैयाँ मजदुर हित कोषमा हालेको छु, भत्तामात्र लिएको छु,’ न्युज कारोबारसँग उनले भने ।

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु