गृहपृष्ठ बागमती
अविरल वर्षासँगै भोटेकोशी नदीमा आज बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करीब ९० लाख मूल्यबराबरका मेशिनरी औजार बगाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित नौ किलोमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण कार्यमा प्रयोग भइरहेका मेशिनरी सामान...
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ । प्रदेश नं २ को आठ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकको चितवनमा अनावरण गर्दै नेपालले निरंकुशतावादी शक्तिको पराजयका लागि...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनवर्गीय संगठनको एकता दुई साताभित्र हुने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल, चितवनले अाइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीलाई संस्थागत गर्न जनवर्गीय संगठनकाे एकता अावश्यक रहेकाे...
आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण चितवनका एक युवाले देखाएका छन् । दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्केका पश्चिम चितवनस्थित पार्वतीपुरका ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू मात्र स्वरोजगार भएका छैनन् आठ जनालाई रोजगारी...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउदो निर्वाचनमा पार्टीलाई पहिलो ठुलो दल बनाउने उद्घोष गरेका छन् । हेटौंडामा जारी कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै उनले एउटा लडाइँ हारेको भएपनि मैदान नहारेको बताउदै अर्को चुनावमा जित्ने दाबी गर्नुभयो । ‘हाम्रो पराजय...
नेपाली कांग्रेसका शीर्ष नेताहरु हेटौंडामा जम्मा भएका छन् । जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सहभागी हुन नेताहरु मकवानपुरको हेटौंडा पुगेका हुन् । पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र नीधि, महामन्त्री शशांक कोईरालालगायतका नेताहरु हेटौंडा पुगेका हुन् ।...
मंगलटारदेखी नेपालथोकसम्मको सडकखण्डमा खसेको लेदो माटो र खहरेका कारण बीपी राजमार्ग अवरुद्ध बनेको छ । आज बिहानैदेखि सो खण्डमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । काँभ्रे भञ्याङ् स्थित ट्राफिक चेक पोष्टका असई उमेश थपलियाका अनुसार मङगलटार स्कुल नजिकै,...
दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी...
गुणस्तरीय एवं सर्वसुलभ आँखा उपचारको संकल्पसहित काठमाडाैंकाे सुविधानगरमा 'मेट्रो आइ केयर प्रालि' सञ्चालनमा अाएकाे छ । अत्याधुनिक उपकरण रहेको अस्पतालले बृहत् आखा एवं दृष्टि परीक्षण, अत्याधुनिक फाको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया तथा मधुमेह र उच्च रक्तचाप भएकाहरुको विशेष आँखा जाँच तथा उपचारको...












