काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

वामपन्थी र प्रजातन्त्रवादी मिलेर अघि बढ्नुपर्छ : नेपाल

7.23K
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकको चितवनमा अनावरण गर्दै नेपालले निरंकुशतावादी शक्तिको पराजयका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति एकजुट भएर लडेको स्मरण गरे ।

पुष्पलालले देखाएको बाटोमा नेपाल कम्युनिष्ट पार्टी अगाडि बढिरहेको भन्दै यसबाट नेपाललाई समाजवादसम्म सहजै पुयाउन सकिने उनको भनाई रहेको थियो । नेपाल अब समृद्धितर्फ लाग्ने बताएका उनले गतिशील भएर अगाडि बढ्नुपर्ने धारणा राखे । ‘नदी गतिशील हुन्छ, अनि विद्युत् निस्किन्छ । तर पोखरीको पानी स्थिर हुन्छ, यसबाट कुनै शक्ति निस्किँदैन ।’ नेपालले भने, ‘हामी गतिशील हुनुपर्छ, जहाँ शक्ति प्राप्त हुन्छ ।’

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले देशमा उत्पादन बढाएर समाजवादतर्फ जानुपर्ने भन्दै हिजोका कतिपय मान्यता अहिले बाधक बनेको उल्लेख गरे । सो अवसरमा सांसद कृष्णभक्त पोखरेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पुष्पलालले देखाएकै बाटोका कारण आज यो उपलब्धि हासिल भएको भन्दै यसलाई संस्थागत गरी समृद्धितर्फ अगाडि बढ्नुपर्ने बताएका थिए । उक्त शालिक नारायणगढस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको भवन अगाडि स्थापना गरिएको छ ।
(रासस)