global ime bank Long Banner Ad

गृहपृष्ठ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

क्रेमलिन समर्थक प्रचार प्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी रुसी टेलिभिजन टिप्पणीकार जेनिया फेडोरोभाले उक्त निर्णयलाई ‘सेन्सरसिप’ र ‘राजनीतिक दबाब’ को संज्ञा दिँदै त्यसको विरोध गरेका छन् । फ्रान्सेली सरकारले भने उहाँमाथि राष्ट्रको मौलिक हितविरुद्ध रूसी प्रचार फैलाएको आरोप लगाएको छ ।

फेडोरोभाले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै सरकारको कदम आधिकारिक धारणासँग नमिल्ने विचारलाई दबाउने प्रयास भएको बताए। उनले आज आफूलाई निशाना बनाइएको भए पनि भविष्यमा फरक मत राख्ने जोसुकै यस्तै कारबाहीको सिकार हुन सक्ने दाबी गरे ।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यसै साता फेडोरोभालाई देश छोड्न आदेश दिँदै उहाँले रूसी प्रचार सामग्रीमार्फत फ्रान्सको मौलिक राष्ट्रिय हितमा आघात पु¥याउने प्रयास गरेको आरोप लगाएको थिए ।

पैँतालिस वर्षीया फेडोरोभा रुसी सरकारी सञ्चारमाध्यम आरटीको फ्रान्सेली सेवाकी पूर्वप्रमुख हुनुहुन्छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि आरटीलाई फ्रान्समा प्रतिबन्ध लगाइएको थियो । हाल उहाँ फ्रान्सेली उद्योगपति भिन्सेन्ट बोलोरेसँग सम्बन्धित सञ्चारमाध्यम समूहमा टिप्पणीकारका रूपमा कार्यरत हुन।

फेडोरोभाले आफूविरुद्ध आपत्कालीन कानूनी प्रक्रियाअन्तर्गत निष्कासन आदेश जारी गरिएको बताउनुभएको छ । मुद्दासँग परिचित एक स्रोतका अनुसार आदेशको जानकारी पाएपछि उनलाई निगरानीमा राखिएको छ ।

फ्रान्सेली वित्त मन्त्रालयले हस्तक्षेपसम्बन्धी सम्भावित नयाँ गतिविधि रोक्न बनाइएको कानूनी व्यवस्थाअनुसार फेडोरोभाको सम्पत्ति छ महिनाका लागि रोक्का गरिएको जनाएको छ ।

फेडोरोभाले आफ्ना कानूनी प्रतिनिधिमार्फत निष्कासन आदेश र सम्पत्ति रोक्का गर्ने निर्णय दुवैलाई अदालतमा चुनौती दिने जानकारी दिएको छन् । उनका वकिल इम्मानुएल पिभ्निकाले फेडोरोभा ‘निरन्तर अभियान’ को सिकार भएको दाबी गर्ेका छन् ।

उनि कार्यरत सञ्चारमाध्यम समूहले पनि निष्कासन आदेशप्रति आश्चर्य व्यक्त गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको प्रतिक्रिया दिएको छ ।

यता, गलत सूचना अध्ययन गर्ने विज्ञहरूले भने फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनअघि आरटीकी पूर्वपत्रकार फेडोरोभाको प्रभावबारे यसअघि नै चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित समय : १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु