global ime bank Long Banner Ad

गृहपृष्ठ दुर्घटनामा परी दुईको मृत्यु, आठ घाइते

दुर्घटनामा परी दुईको मृत्यु, आठ घाइते

दुर्घटनामा परी दुईको मृत्यु, आठ घाइते

दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा बा १४ च १६८१ नम्बरको बोलेरो लादुकको खहरे भन्ने स्थानमा आइतवार साँझ भएको सो दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् ।

घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

(रासस)

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु