Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

कांग्रेसका नेताहरु हेटौंडामा

न्युज कारोबार काठमाडौं असार ४, २०७५       

कांग्रेसका नेताहरु हेटौंडामा
नेपाली कांग्रेसका शीर्ष नेताहरु हेटौंडामा जम्मा भएका छन् । जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सहभागी हुन नेताहरु मकवानपुरको हेटौंडा पुगेका हुन् । पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र नीधि, महामन्त्री शशांक कोईरालालगायतका नेताहरु हेटौंडा पुगेका हुन् । कांग्रेसले जिल्ला सभापतिहरुको भेला हेटौंडामा बोलाएको छ । भोलिदेखि असार ७ गते सम्म चल्ने उक्त भेलामा पार्टीको विधान संशोधनका विषयमा छलफल हुने जनाइएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भावी रणनीति तय गर्न जिल्ला सभापतिको भेला बोलाइएको जानकारी दिए । तर, अहिलेसम्म भेलामा छलफल गर्ने तथा विधानको मस्यौदा कसरी तय गर्ने भन्नेमा समेत नेतृत्व पङ्तिमा एकमत नरहेको कांग्रेस स्रोतले जनाएको छ । संघीयता बमोजिम पार्टी संरचना बनाउन पनि विधान संशोधन गर्नैपर्ने बाध्यता कांग्रेसलाई छ । फोरम लोकतान्त्रिकसँगको एकता र पदका आकांक्षीहरुको व्यवस्थापनका लागि सभापति देउवा र वरिष्ठ नेता पौडेल दुबै समूह विधान संशोधनको पक्षमा छन् । भेलामा गएको निर्वाचनको समिक्षा हुने प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्माले न्युज कारोबारलाई बताए ।

सम्बन्धित खबरहरु