काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोटेकोशीको बाढीले ९० लाखको क्षति

17.07K
shares

अविरल वर्षासँगै भोटेकोशी नदीमा आज बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करीब ९० लाख मूल्यबराबरका मेशिनरी औजार बगाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित नौ किलोमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण कार्यमा प्रयोग भइरहेका मेशिनरी सामान बगाएको सशस्त्र सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक हजारीलाल जैसवालले जानकारी दिए ।

आज बिहान ३ बजे आएको बाढीले कम्प्रेशन मेशिन, ड्रिल मेशिन, जेनेरेटर, ट्रिपर तथा सामानसहितको कन्टेनर बगाएको हो । चीनबाट बग्दै आएको सो नदीको बाढीले विगतका वर्षहरुमा पनि नेपालले ठूलो भौतिक तथा मानवीय क्षति व्यहोर्दै आएको छ ।
(रासस)