global ime bank Long Banner Ad

गृहपृष्ठ नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वारा पदबहाली

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वारा पदबहाली

नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वारा पदबहाली

काठमाडौँ । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानवबहादुर कार्की तथा आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बाले आज निर्वाचन आयोगमा पदबहाली गरेका छन् । पदबहालीपछि बसेको आयोगको बैठकले हाल सङ्घीय संसद्मा पेस हुने क्रममा रहेको एकीकृत निर्वाचन व्यवस्थापन विधेयकअनुसार एकीकृत निर्वाचन व्यवस्थापन नियमावलीको मस्यौदा तयार गर्ने निर्णय गरेको छ ।

साथै निर्वाचनमा नागरिकको अपेक्षाबमोजिम आधुनिक सूचना प्रविधिको प्रयोगसम्बन्धी अवधारणापत्र तयार गर्ने, मतदाता नामावलीलाई त्रुटिरहित, अद्यावधिक र विश्वसनीय बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सो अवसरका प्रमुख निर्वाचन आयुक्त कार्कीले आयोगका कर्मचारीलाई निर्देशनात्मक सम्बोधन गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र समावेशी निर्वाचन सम्पन्न गराउने दायित्वलाई प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे । उनले सूचना प्रविधिको अधिकतम् उपयोग गर्दै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन, कर्मचारी आचारसंहिताको पूर्ण पालना गर्न तथा उच्च मनोबल, व्यावसायिकता र उत्तरदायित्वका साथ कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । संसदीय सुनुवाइ समितिबाट अनुमोनपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट उनिहरूको बिहीबार नियुक्ति भएको थियो ।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु