गृहपृष्ठ फाेटाे फिचर
मुलुककै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्माणाधीन भवन । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पबाट क्षतिग्रस्त भएको भवन ढिला गरी भए पनि यतिखेर धमाधम पुनर्निर्माण भइरहेको छ । तस्बिर ः सुनिल...
बलात्कारीलाई फाँसीको माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा युवतीहरूले पेटिकोट लगाएर विरोध प्रदर्शन गरेका छन् । महिला हिंसाको विरोध गर्दै युवती, तेस्रो लिंगी र पुरुषसमेतले पेटिकोट लगाएर माइतीघरमा प्रदर्शन गरेका हुन् । अर्धनग्न प्रदर्शनका क्रममा उनीहरूले कालो रंगको पेटिकोट लगाएका...
यो ठाउँ भक्तपुरको मुहान पोखरी भनेर चर्चित छ । नाम मुहान पोखरी भए पनि भक्तपुरको बागेश्वरीमा रहेको यो एउटा सानो खोला हो । पानीलाई व्यवस्थित र फिल्टर गर्न यहाँ आकर्षक बाँध कसिएको छ । सोही बाँधबाट पानी छरिएर झर्ने...
नागपञ्चमीका अवसरमा बिहीबार काठमाडाैंको नागपोखरीमा पूजाअाजा गर्दै तथा नागलार्इ दूध चढाउँदै भक्तजन । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नागपञ्चमी पर्व मनाइन्छ । परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बिर टाँसेर पूजाअर्चना गरिन्छ । नागको तस्विर टाँस्दा घरमा नाग, सर्प र बिच्छीलगायतका...
तेह्रथुमको वसन्तपुर–म्याङलुङ २६ किलोमिटर सडक वर्षातमा हिलाम्मे हुँदा जिल्लाबासीले सास्ती व्यहोर्नु परेको छ । ६ पटकभन्दा बढी कालोपत्रे भइसकेको सो सडकमा कालोपत्रे, ग्राभेल र भत्किएको स्थानमा टालटुलको नाममा वर्षेनी करोडौं रुपैंया खर्च हुने गरेको भए पनि सवारीसाधन चल्न सकिरहेका छैनन्...
भक्तपुरका नेवार समुदायले गठेमंगल पर्व मनाएका छन् । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव रहेके र त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने मानिस...
२४ औं विश्व आदिवासी जनजाति दिवस काठमाडौं विभिन्न कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ र त्यसमा आबद्ध संघ-संस्थाको सहभागितामा कार्यक्रम गरिएको हो । ...
नेपालका फोटो पत्रकारहरुले बंगलादेश सरकारले वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई पक्राउ गरेको विरोधमा काठमाडौंस्थित बंगदालेशी दूताबासअघि प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले गरिरहेको सरकारविरोधी प्रदर्शनका सम्बन्धमा आफ्नो धारणा राखेका पत्रकार आलमलाई बंगलादेश सरकारले पक्राउ गरेको थियो । बिहिबार प्रदर्शनका लागि...
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुलुकमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले श्रृंखलाबद्ध हत्या, हिंसा र बलात्कार भईरहेको भन्दै मंगलबार काठमाडौंको माईतीघर मण्डलामा...
पशुपति बागमति सन्ध्या आरतीको १२औं वार्षिकोत्वसका अवसरमा आयोजित विशेष कार्यक्रमपछिको आरती । पशुपतिमा २०६४ साउन २१ गतेदेखि अनवरत रूपमा प्रत्येक साँझ आरती हुँदै आएको छ । विशेष कार्यक्रमका अवसरमा मन्त्री रघुवीर महासेठलगायतको उपस्थिति थियो । भव्य ढंगले हरेक साँझ आयोजना...












