global ime bank Long Banner Ad

गृहपृष्ठ भक्तपुरमा नेवार समुदायले यसरी मनाए गठेमंगल पर्व (फोटो फिचर)

भक्तपुरमा नेवार समुदायले यसरी मनाए गठेमंगल पर्व (फोटो फिचर)

भक्तपुरमा नेवार समुदायले यसरी मनाए गठेमंगल पर्व (फोटो फिचर)

भक्तपुरका नेवार समुदायले गठेमंगल पर्व मनाएका छन् । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव रहेके र त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने मानिस मन नपर्ने भएकाले उसले सत्य वचन सुन्न नपरोस् भनेर सधैंँ कानमा घण्टी झुन्ड्याएर हिँड्ने भएकाले उसलाई घण्टाकर्ण भन्ने गरिएको किंवदन्ती छ ।

एकदिन घण्टाकर्ण मरेको र ऊ मरेको खुशीयालीमा स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औँठी लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा राख्ने गरिएको धार्मिक किंवदन्ती रहिआएको छ । विभिन्न टोल टोलमा युवाहरु जम्मा भई बिहिबार साँझ आगो बालेर भूत भगाएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु