माइतीघरमा ‘निर्मलाका निम्ति न्याय’को माग (फोटो फिचर)
वि.सं.२०७५ भदौ ९ शनिवार २१:२८
shares

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रर्दशन भएको छ । शनिबार मध्यान्न माइतीघर मण्डलाबाट सुरु भएको मौन प्रदर्शन नयाँ बानेश्वरमा पुगेर सकिएको थियो ।

आयोजकमा ‘जनताको भेला’ नाम दिइएको प्रदर्शनमा ‘निर्मलाका निम्ति न्याय’ लेखिएको व्यानर र प्ले कार्ड बोकेका थिए । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मलालाई न्याय दिलाउन सरकारले उदासिनता देखाएको भन्दै प्रदर्शन गरिएको हो ।

न्याय माग्दै मौन जुलुसमा उत्रिएका प्रदर्शनकारीले ‘सरकार लाचारी, त्यसैले हाम्रो खबरदारी’, ‘चुप लागेर बस्दैनौ, न्याय मर्न दिँदैनौं’ जस्ता प्ले कार्ड बोकेका थिए ।

प्रदर्शनमा नागरिक अगुवा, सामाजिक अभियन्ता, महिला अधिकारवादीलगायत सर्वसाधारणको सहभागिता थियो । खास अभियुक्तलाई जोगाउन र राजनीतिक संरक्षण दिन सरकार लागिपरेको भन्दै आन्दोलन स्वस्फुर्त रुपमा चर्किएको छ । समाजिक सञ्जालमा निर्मालाको लागी अर्थात ‘जस्टिस फर निर्मला’ ह्यास ट्याग ट्रेन्डिङमा आएको छ ।




तस्बिर : सुनिल प्रधान






















