काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कञ्चनपुर घटनामा प्रहरी र स्थानीयका छुट्टा-छुट्टै ‘अभियुक्त’

12.08K
shares

 

करिब एक महिनाअघि कञ्चनपुरमा घटेको एक कहालीलाग्दो घटनाले यतीखेर सिंगो देशको ध्यान महेन्द्रनगरमा केन्द्रित भइरहेको छ । घटनासँग सम्बन्धित विभिन्न अभिव्यक्ती र आसय बाहिर आइरहँदा नयाँ नयाँ तथ्यहरुसमेत आउन थालेका छन् ।

स्थानीयहरु घटनाको भोलीपल्टदेखि नै आन्दोलन गरीरहेक थिए । कञ्चनपुर प्रहरीले आफ्नो ढंगले घटनाको अनुसन्धान गरीरहेको थियो साथै केन्द्रीय अनुसन्धान व्युरोको टोलीलेसमेत घटनाबारे अनुसन्धान गरीरहेकै थियो ।

घटनको २४ दिनपछी एकाएक प्रहरीले भदौ ४ गते एकजना मानसिक रोगी दिलिप सिंह विष्टलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि स्थानीयवासीले आन्दोलन चर्काए । २४ दिन सम्म चुपचाप बसेको प्रहरीले एक जना निर्दोष व्यक्तिलाई घटनाको मुख्य योजनाकार भन्दै सार्वजनिक गरेको र वास्तविक अपराधीलाई उम्काउन खाजेको स्थानियको भनाई छ ।

बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएकी कञ्चनपुरको भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्त स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्यानरत थिईन । साउन १० गते निर्मला भिमदत्तनगरकै वडा नम्बर १८ मा रहेको साथीको घरमा होमवर्क गर्न भनेर घरबाट आमा सँगै सल्लाह गरेर हिडिन् ।

घरबाट निस्कदा साइकल समाएर आमासँगै निस्केकी उनलाई आमाले ‘बेलुका छिट्टै घर आउनु’ भनेकी थिईन, निर्मलाले पनि आमालाई समयमै घर आउने बताएकी थिइन । साथीे रोशनी बमको घरमा होमवर्क गर्न तथा नोट कपी लिन गएकी उनी त्यहाँबाट फेरी कहिलै पनि फर्किइनन् । बरु भोलिपल्ट बिहान ९ बजेतिर वडा नम्बर १८ र २ को सीमानामा पर्ने सडक छेउमा रहेको लोकेन्द्र भट्टको उखुबारीमा निर्मलाको शव भेटियो । अलि पर साइकल र किताबकापीहरु फेला परे ।

निर्मला पन्त होमवर्क गर्न तथा किताब लिनका लागि जुन घरमा गइन् । सोही घर अहिले सवैभन्दा शंकाको घेरामा रहेको छ । स्थानियहरु सोही घरलाई आधार बनाएर घटनाको अनुसन्धान गरिनु पर्ने प्रमुख माग राखेर आन्दोलन गरिरहेका छन् । तर प्रहरीले त्यता तर्फ अनुसन्धान अगाढी वढाएको छैन । बरु आफूले प्रक्राउ गरेको व्यक्ती नै मुख्य अभियुक्त रहेको र आफूहरुसँग उसकाविरुद्ध गतिलो प्रमाण रहेको अडान गरिरहेको छ ।

रोशनी वनको त्यो दुईतले घरमा रोशनीका दिदीबहिनीमात्रै बस्ने गरेका थिए । उनीहरुका बुबाआमा पुख्र्यौली घर दार्चुलामा बस्दै आएका थिए । दुई दिदीबहिनी रोशनी र बबिता मात्रै बस्ने सो घरमा परिवारका अन्य सदस्य कोहि पनि बस्ने नगरेको र घरका अन्य कोठा खाली नै थिए । उनीहरुको घर रित्तैजस्तो भए पनि भाडामा समेत लगाइएको थिएन ।

स्थानीय बासीन्दाहरुका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायः आउने जाने गरिरहन्थे । बेला बखत आउजाउ गरिरहने उनिहरुसँग रोशनी र उनकी दिदिको राम्रो उठबस हुने गरेको थियो । स्थानीयका अनुसार ती दुईजना केटाहरुमध्ये एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा र अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेको बुझीएको छ ।

घटनास्थलमा सो दिन मेयर उपस्थित नहुनु र राती नै निर्मलाको खोजीका लागि प्रहरीलाई गरेको आग्रहमा उसले चासो नदिनु लाईसमेत परिवारका सदस्यले महत्वपूर्ण शंकाका रुपमा हेरेका छन् ।

स्थानीयबासीले घटनाको सुरुवाती चरणदेखि नै निर्मलाको बलात्कार र हत्या प्रकरणमा एसपीका छोरा र मेयरका भतिजालाई पनि प्रहरीले छानबिनको दायरामा ल्याउनु पर्ने प्रमुख माग अघि सारेका थिए । तर उनिहरुको मागलाई प्रहरी प्रशासनले पूरै व्यवास्ता गरेकोलेसमेत घटनाले गम्भीर मोड लिन पुगेको छ ।

साथै स्थानीयहरुले निर्मला गएकी घरमा बस्ने रोशनी र बबिता बममाथि पनि अनुसन्धान गर्नु पर्ने माग राखेक थिए । तर, प्रहरीले शनिबार मात्र उनीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि कुनै अनुसन्धान नगरी मानसिक रोगीलाई बलात्कारीको आरोपमा प्रक्राउ गर्दै मुख्य अभियुक्त नै बनाएपछि स्थानीयबासी थप आक्रोसका साथ सडकमा उत्रिएका हुन् ।

घटनको राति पानी परेको थियो तर घटनास्थलमा भेटिएका निर्मलाका कपी पानीले भिजेका थिएनन् । रोशनीले निर्मलालाई अम्बा दिएर पठाएको भनिए को छ तर उनको घरमा रहेको अम्बाको बोट उतिखेरै काटिएको छ । घरभित्र पनि भर्खरै रंग पेन्टिङ गरिएको स्थानीयले बताएका छन् ।

यतीमात्रै होइन परिवारले आशंका गर्ने अन्य आधार समेत धेरै छन् । साउन १० गते बेलुका ५ बजेसम्म पनि निर्मला घरमा नआउँदा उनकी आमा निर्मलालाई खोज्दै रोशनी बम को घरमा पुगिन् । निर्मलाकी आमालाई उनिहरुले निर्मला अघि नै घर गईसकी, आफुहरुले अम्बा दिएर पठाएका हौं भन्दै फर्काइदिए । तर अहिलेसम्म आइन त भन्दा पोइल गई होली भन्ने जवाफ फर्काएको निर्मलाकी आमाको भनाइ उतिखेरै सार्वजनिक भइसककेको थियो ।

छोरी नभेटिएपछि निर्मलाकी आमा नजिकैको प्रहरी कार्यालयमा पुगिन् । तर, प्रहरीले उनलाई भोलि खोजौंला भन्दै राती घर फर्काइदियो । यसबाटसमेत प्रहरीकै अपराधी संरक्षणमा हात रहेको आशंका स्थानियले गरेका छन् । त्यति भन्दाभन्दै पनि उनी राति २ बजेसम्म त्यहीँ प्रहरी कार्यालय परिसरमै भौतारिइरहिन् । छोरी खोजिदिनुपर्यो भनेर उनले बारम्बार आग्रह गरिरहिन् । परिवारका सदस्यले रातिसम्म निर्मलालाई खोजिरहे । तर, प्रहरीले उनीहरुको आग्रहलाइ खासै ध्यान दिएन ।

निर्मलाकी आमा फरी अर्को दिन विहानै रोशनी बम को घरमा पुगिन् । निर्मला त आइन, कहाँ गई भन्दा त्यहीबेलामा उखुबारीमा साइकल फेला परेको खबर आयो । त्यतिबेला रोशनीकी दिदी बबिता बम ले ‘साइकल भेटिएको भए लास पनि त्यहीँ होला’ भन्ने जवाफ दिएको निर्मलाका परिवारको दावी छ । यो कुरा बबिताले सीआइबीसँग पनि स्वीकार गरीसकेको परिवारको भनाई छ ।

प्रहरीले सुरुमा बबिता र उनकी बहिनी रोशनी बमलाई पक्राउ गरेको थिएन । जब मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेपछि फेरि आन्दोलन चर्कियो, त्यसपछि बल्ल बमको घरमा पनि आक्रमण हुन सक्छ भन्ने लागेर प्रहरीले उनीहरुलाई कार्यालयमा ल्याएर सुरक्षामा दियो । उनीहरुका बुबाआमा आइसकेपछि अहिले बुबाआमाको जिम्मा लगाइएको छ । र, उनीहरु अहिले त्यहीे घरमा आमाबुबासँग बसिरहेका छन् ।

रोशनीका आमाबुबासँग एसपी डिल्लीराज बिष्टको पुरानो चिनजान रहेको स्थानीयको भनाइ छ ।

स्थानीयबासीहरु अहिले पनी एसपी विष्टसँग रुष्ट छन् । कारण यो घटनामा दोषी पत्ता नलाग्नुमा प्रहरीको, खासगरी एसपी विष्टकै केही भूमिका रहेको उनीहरूकाे अाराेप छ । यतिका दिनसम्म स्थानीयले जसलाई शंकाको नजरले हेरे, निर्मलाको हत्यारा पत्ता लगाउने जिम्मेवारी उसैका काँधमा थियो ।

जसले अन्ततः एकजना मानसिक रोगीलाई अपराधीका रुपमा कञ्चनपुरबासी समक्ष प्रस्तुत गरे । न्याय माग्न शान्तिपूर्ण आन्दोलन गरीरहेका स्थानीयबासीमाथि गोली र लाठी बर्साए । स्थानिय वासीन्दाहरु एसपी विष्टलाई नै अनुसन्धानको दायरामा ल्याउनु पर्ने बताइरहेका छन् ।

प्रहरीले हत्यारा र बलात्कारी भन्दै पक्राउ गरेको ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मानसिक सन्तुलन गुमाएको व्यक्ति भन्दै सार्वजनिक गरिएको छ ।

प्रहरीले विष्टले महिलाहरुलाई जहाँ पायो त्यहीँ जिस्क्याउँदै हिँड्ने गरको र घरकै सदस्यलाई समेत बलात्कार गर्न खोज्ने गरेको वताएको थियो तर उनलाइ नजीकबाट चिन्ने स्थानियहरु त्यो कुरा मान्न तयार छैनन् । उनि त महिला देख्यो कि बरु बाटो नै छाडेर हिड्ने गरेको बताउँछन ।

पक्राउ परेका विष्टले पहिले भिनाजु पर्नेलाई मारेर जेल परेको प्रहरीको भनाई छ । तर, उनले भिनाजुलाई मार्छु भनेर हानेको नभई झगडा हुँदा चिर्पटले हानेर उनका भिनाजुको मृत्यु भएकाले विष्टका परिवारले वताएका छन् । जेलमा ९ वर्ष बसेपछी उनको मानसिक सन्तुलन गुमेको स्थानीयले बताएका छन् ।

मानसिक सन्तुलन बिग्रिएको व्यक्तिलाई पक्रिइसकेपछि मृतक निर्मला पन्तका बुबालाई प्रहरीले उनीविरुद्ध किटानी जाहेरी दिन बारम्बार दबाव दिएको थियो । तर, निर्मलाका बुबाले विष्टको वयान नसुनी आफुले किटानी नदिने बताउँदै हाल सम्म किटानी जाहेरी दिएका छैनन् ।

उनका बुबाले मानसिक सन्तुलन गुमाएको विष्ट आफ्नी छोरीको हत्यारा हुनै नसक्ने जिकिर गरिरहेका छन् ।

उनिहरुले भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरामाथि पनि छानविन हुनुपर्ने माग निरन्तर राखिरहेका छन् ।

हुन त सरकारले कञ्चनपुरका तत्कालिन प्र्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गरिसकेको छ । कञ्चनपुरमा नयाँ सिडिओ र एसपी आइसकेका छन् । घटनाबारे नयाँ शिराबाट अनुसन्धान गर्ने बताएका छन् ।

सरकारले गृह मन्त्रालयका सह–सचिवको नेतृत्वमा छानविन टोलि वनाएको छ यसले अनुसन्धान त गर्ला नै । तर स्थानीयले तत्कालिन एसपीका छोरा र मेयरका भतिजालाई प्रश्न नै सोध्न नपाइने हो र ? भन्दै अहिले पनि प्रतिप्रश्न गरिहेका छन् । उनीहरुले ती दुई जनालाइ समेत छानविनको दायरामा ल्याउनु पर्ने र दोषी हुन् वा होइनन आम जनतामाझ स्पष्ट पार्नु पर्ने आवाज बुलन्द पार्न थालेका छन् ।

 

याे पनि पढ्नुस् ।

एसपीका छोरा र मेयरका भतिजमाथि छानविन किन नगर्ने ?

सर्वपक्षीय बैठकमा सहभागिको आक्रोश : ‘प्रहरीले गोली किन चलायो ?’

कञ्चनपुर घटनाबारे बल्ल बोल्यो प्रदेश सरकार

सरकारलाई नेकपाको सिफारिस : निर्मला हत्याकाण्डका शंकास्पदलाई पक्राउ गर्नु

भीमदत्तनगरमा अनिश्चितकालिन कर्फ्यु, एकको मृत्यु, पाँच घाइते

माइतीघरमा ‘निर्मलाका निम्ति न्याय’को माग (फोटो फिचर)

कञ्चनपुर अान्दाेलन : प्रहरीकाे गाेली लागी एक जनाको मृत्यु

ब्रेकिङ न्युज : कञ्चनपुरमा आज पनि गोली चल्यो

कञ्चनपुरमा कर्फ्यू

कञ्चनपुरका सिडियो र प्रहरी प्रमुख फेरिए

कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण

कञ्चनपुर घटनाका दोषीलाई कठघरामा उभ्याउ : आयोग

बालिका हत्याको विरोधमा कञ्चनपुर दिनभर तनावग्रस्त, प्रहरीद्वारा १२ राउन्ड आश्रुग्याँस प्रहार

ब्रेकिङ न्युज : कञ्चनपुरमा फेरि अर्काे बलात्कार

कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

कञ्चनपुरमा ३९ वर्षीया महिला बलात्कृत

ब्रेकिङ न्युज : कञ्चनपुरमा ८ वर्षीया बालिका बलात्कृत

निर्मला हत्या प्रकरण : १२ बजे माइतीघरमा नागरिक भेला

भीमदत्तनगरमा लगाइएको कर्फ्यू जारी, सरकारले भन्यो ‘घुसपैठ’ भयो