काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कञ्चनपुरका तत्कालिन एसपी बिष्ट निलम्बित

8.45K
shares

 

सरकारले कञ्चनपुरका तत्कालिन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट निलम्बन गरेको छ । गृह मन्त्रालयले एसपी बिष्टलाई निर्मला पन्त हत्याकाण्डको अनुसन्धान अवधिभरका लागि निलम्बित गरेको हो ।

कञ्चनपुरका तत्कालिन एसपी बिष्टलाई घटनाले उग्ररुप लिँदै गएपछि प्रहरी प्रधान कार्यालय तानेको थियो । शनिबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुको बैठकले विष्टलाई अनुसन्धान अवधिभरका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

कञ्चनपुरकि १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा गम्भीर गल्ति गरेको भन्दै गृह मन्त्रालयले बिष्टलाई निलम्बन गर्न निर्णय गरेको हो । स्थानीयको माग अनुसार घटना छानबिन अवधिभरका लागि निलम्बन गर्ने निर्णय भएको वताईएको छ ।

यसअघि उनलार्इ कञ्चनपुरबाट काठमाण्डौ तानिएको थियो । साथै मन्त्रालयले डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई मुख्यालय तान्ने निर्णय पनि भएको छ । स्थानियहरुले निर्मलाको बलात्कार तथा हत्यामा उनका निकट व्यक्तिको संलग्नताको आशंका गर्दै आएका छन्। उनले मुख्य अभियुक्तलाई जोगाउने प्रयास गरेको भन्दै स्थानियहरुले लगातार आन्दोलन गर्दै आएका छन् ।

 

याे पनि पढ्नुहाेस् ।

कञ्चनपुर घटनामा प्रहरी र स्थानीयका छुट्टा-छुट्टै ‘अभियुक्त’, स्थानीयको आरोप ‘शंकास्पद व्यक्ति’द्वारा घटनाको छानविन !

एसपीका छोरा र मेयरका भतिजमाथि छानविन किन नगर्ने ?