काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पोखरामा एक छात्राको मुत्यु, बलात्कार पछि हत्या भएको आशंका

14.01K
shares

 

देशभर विभिन्न महिला तथा बालिकाहरु हत्या र बलत्कारका घटनाहरु सार्वजनिक भईरहँदा पोखरामा शुक्रबार रहस्यमय घटना घटेको छ । विद्यालयबाट घर फर्केकी एक छात्राको एक दिनपछि शव भेटिएको घटनाले उनको मुत्यूको घटना रहस्यमय बनेको हो ।

पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी मावि कक्षा ६ मा अध्ययनरत पोखरा लामाचौर निवासि १३ वर्षीया बालिका पुष्पा केसीको शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार पोखरा महानगरपालिका–१९ लामाचौरको फापरतरोको झाँडीमा शव फेला परेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए । घटनाको सुस्म ढंगले अध्ययन गर्न लागेको उनले बताए ।

बिहीबार विद्यालयको बसबाट घर फर्किन लागेकी केसीको एक दिनपछि शव भेटिएको हो । उनले लगाएको टाइ र सर्ट शवसँगै र स्कर्ट भने केही पर भेटिएको स्थानीयले बताएका छन् । उनको बलत्कार पछि हत्या भएको हुन सक्ने स्थानियको आशंका छ ।

स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको शवलाई पोस्टमार्टम गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्मिाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा राखिएको छ । बालिकाको हत्या भएको हो कि होइन शव पोस्टमार्टमपछि मात्र थाहा हुने डिएसपी गुरुङले बताए ।

बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी उनका आफन्त साथीको घरमा भएको आशंकामा एक दिन पछि शुक्रबार मात्र उनको खोजी कार्यमा जुटेका थिए । घरभन्दा करिब साढे दुई किलोमिटर टाढा झारले छोपेको अवस्थामा उनको शव भेटिएको थियो भने जामा र विद्यालयको बेल्ट फुत्केको अवस्थामा भेटिएको जनाइएको छ ।

तरकारी किन्नु छ भन्दै विद्यालयको बसबाट घर नजिक झरेको विद्यालयले जनाएको छ । घर आउने ठाँउमा उनकी बहिनी झरेको तर पुष्पा भने नझरेको बताइन्छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले उक्त घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै घटनाको सत्य, तथ्य यथाशीघ्र छानबिन गरी वास्तविकता पत्ता लगाई दोषी उपर कडा कारवाहीको माग गरेका छन् । विद्यालयले एक असल, ईमान्दार र अनुशासित विद्यार्थी गुमाउनु परेको बिद्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।