सरकारले बनायो उच्चस्तरीय वार्ता टोली
वि.सं.२०७५ भदौ १० आइतवार ००:४८
shares

सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपाका सांसद सोमप्रसाद पाण्डे संयोजक रहेको वार्ता टोली बनाएको हो । टोलीमा सुरेश आले मगर, ताराकान्त चौधरी, लिला भण्डारी र गृह मन्त्रालयले तोकेको सहसचिव सदस्य रहने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
पहिलो वार्ता विप्लपसँग
नवगठित वार्ता टोलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहसँग वार्ता गर्ने प्रयास गर्नेछ । अहिले नेकपा समुहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा सहतिका केही नेता जबरजस्ती चन्दा असुली, विध्ङवसात्मक कार्यमा सलग्न भएको भन्दै प्रहरी हिरासतमा छन् । वार्ता टोलीका संयोजक पाण्डेले भने, ‘हामीले सार्वजनिक बक्तव्य निकालेर द्वन्द्वरत सबै पक्षलाई वार्ताको आह्वान गर्नछौं, पहिलो प्रयास विप्लव समूहसँग हुनेछ,’ उनले न्युज कारोबारसँग भने ।






















