global ime bank Long Banner Ad

गृहपृष्ठ रामायणको अनुवादमा भानुको ठुलो योगदान : ओली

रामायणको अनुवादमा भानुको ठुलो योगदान : ओली

रामायणको अनुवादमा भानुको ठुलो योगदान : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको सबैभन्दा ठुलो योगदान रामायणको नेपालीमा अनुवाद भएको बताएका छन् ।

आदिकवि आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले नेपाली भाषामा सरलरूपमा साहित्य सिर्जना गरेर भानुले योगदान दिएको बताए । उनले जतिसुकै विद्वता भए पनि जनमानसले बुझ्न सक्नेगरी नलेखिए त्यसको अर्थ नहुने बताए ।

भानुभक्तका धेरै रचनाको संकलन मोतीराम भट्टमार्फत् भएको र मोतीरामले भानुभक्तलाई समीक्षात्मक दृष्टिले भन्दा पनि गुरुभक्तिको दृष्टिले हेरेकाले मोतीरामका रचना गुरुभक्तिवादबाट बढी निर्देशित पाइएको उनले उल्लेख गरे । उनले ‘घाँसी’ कविता भानुभक्त आचार्यले नै वा मोतीराम भट्टले लेखेको भन्नेमा थप अध्ययन आवश्यक रहेको टिप्पणी गरे । 

एमालेका केन्द्रीय संस्कृति विभागका प्रमुख रघुजी पन्तले भाषिक एकीकरणका लागि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भाषाविद् डा.जीवेन्द्रदेव गिरीले भानुको व्यक्तित्वबारे चर्चा गरेका थिए । कार्यक्रममा कोमल वली, केशव भट्टराई, देवु लुइँटेल ज्ञानु विद्रोही, रत्नावली शर्मालगायतले रामायण वाचन गरेका थिए ।

प्रकाशित समय : ०२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु