काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हेराल्ड बास्केटबल प्रतियोगितामा १०० टिम

12.85K
shares

हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा तेश्रो हेराल्ड एसईई कप बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगिताको ब्वाइजमा ८४ तथा गर्ल्समा १६ गरी १ सय टिमको सहभागिता रहने हेराल्डका अध्यक्ष नारायणप्रसाद उपाध्यायले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

दुवै समूहमा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिने छ । ‘मोस्ट भेलुएबल प्लेयर’लाई जनही १ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने छ । दुई दिने नकआउट प्रतियोगिता बसुन्धारास्थित आयोजककै कोर्टमा हुने छ । पत्रकार सम्मेलनमा हेराल्डका एचआर डाइरेक्टर कपिल ज्ञवाली, सिफ्ट इन्चार्ज मदनप्रसाद फुयाँल र राजेश अर्याल, एकेडेमिक को–ओर्डिनेटर दिपेन्द्र पुडासैनी, हेराल्ड स्कुलका भाइस प्रिन्सिपल त्रिलोचन शर्मालगायतको उपस्थिति थियो ।