global ime bank Long Banner Ad

गृहपृष्ठ गठबन्धन अहिलेको आवश्यकता हो, तलमाथि हुँदैन : रामचन्द्र पौडेल

गठबन्धन अहिलेको आवश्यकता हो, तलमाथि हुँदैन : रामचन्द्र पौडेल

गठबन्धन अहिलेको आवश्यकता हो, तलमाथि हुँदैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश एउटा गतिमा अगाडि बढिसकेकाले अब विकासको कामलाई तीव्रता दिने बताएका छन् । तनहुँको भानु नगरपालिका–१ स्थित भन्सार युवा क्लबको आयोजनामा सञ्चालित भानु कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उनले देशले निकास पाएकाले अब विकासका कामले पनि तीव्रता पाउने उल्लेख गरे । 

संविधान निर्माण र संविधानको कार्यान्वयनले गर्दा विकासको काम केही समय रोकिएको बताउँदै वरिष्ठ नेता पौडेलले अब विकासको कामलाई पनि टुंगोमा पुर्‍याउने बताए । ‘संविधानको पालना गर्नुपर्दा रोकिएका विकासको काममा ध्यान दिन सकेका थिएनौँ, अब तनहुँमा विकासले काँचुली फेर्छ,’ पौडेलले भने । 

उनले पाँचदलीय गठबन्धन कायमै रहने बताए । स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल भएको बताउँदै पौडेलले आगामी निर्वाचनसम्म गठबन्धनले निरन्तरता पाउने बताए । ‘गठबन्धन अहिलेको आवश्यकता हो, यसमा तलमाथि हुँदैन”, उनले भने । 

पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मगाउँलाई विश्वकै पर्यटकीय धार्मिक गन्तव्य बनाइने बताए । ‘जसरी मक्का मदिना आज मुस्लिम समुदायको आकर्षणको केन्द्र बनेको छ, भानु जन्मस्थललाई पनि धार्मिक साहित्यको केन्द्र बनाउनेतर्फ लागिपरेका छौँ,’ पौडेलले भने । 

प्रकाशित समय : ०१:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु