गृहपृष्ठ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ दशमलव ०८ र बिक्रीदर १५२ दशमलव ६८ कायम गरिएको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १७७ दशमलव ०९ र बिक्रीदर १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ दशमलव २४ र बिक्रीदर २०६ दशमलव ०५ तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९४ दशमलव ६४ र बिक्रीदर १९५ दशमलव ४१ निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ दशमलव ०३ र बिक्रीदर १०९ दशमलव ४६, क्यानेडियन डलर एकको खरिददर ११० दशमलव १० र बिक्रीदर ११० दशमलव ५४ तथा सिङ्गापुर डलर एकको खरिददर ११९ दशमलव ०६ र बिक्रीदर ११९ दशमलव ५३ कायम भएको छ ।
जापानी येन १० को खरिददर रु नौ दशमलव ५७ र बिक्रीदर रु नौ दशमलव ६१ तथा चिनियाँ युआन एकको खरिददर २२ दशमलव ४२ र बिक्रीदर २२ दशमलव ५० तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० दशमलव ५३ र बिक्रीदर ४० दशमलव ६९, कतारी रियाल एकको खरिददर ४१ दशमलव ७२ र बिक्रीदर ४१ दशमलव ८८ तथा थाई भाट एकको खरिददर चार दशमलव ६८ र बिक्रीदर चार दशमलव ७० कायम गरिएको छ ।
संयुक्त अरब इमिरेट्स दिराम एकको खरिददर ४१ दशमलव ४० र बिक्रीदर ४१ दशमलव ५७, मलेसियन रिङ्गेट एकको खरिददर ३८ दशमलव ४८ र बिक्रीदर ३८ दशमलव ६३ तथा दक्षिण कोरियाली वन १०० को खरिददर रु १० दशमलव ०४ र बिक्रीदर १० दशमलव ०८ निर्धारण गरिएको छ ।
त्यसैगरी, स्विडिस क्रोनर एकको खरिददर १६ दशमलव ३९ र बिक्रीदर १६ दशमलव ४६, डेनिस क्रोनर एकको खरिददर २३ दशमलव ७० र बिक्रीदर २३ दशमलव ७९ तथा हङ्कङ डलर एकको खरिददर१९ दशमलव ४१ र बिक्रीदर १९ दशमलव ४९ कायम भएको छ ।
कुवेती दिनार एकको खरिददर ४९५ दशमलव ८६ र बिक्रीदर ४९७ दशमलव ८२, बहराइन दिनार एकको खरिददर ४०३ दशमलव ४० र बिक्रीदर ४०४ दशमलव ९९ तथा ओमानी रियाल एकको खरिददर ३९५ दशमलव ०१ र बिक्रीदर ३९६ दशमलव ५७ तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
प्रकाशित समय : ०४:५५ बजे

















