गृहपृष्ठ लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम सेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट वृद्धि गरी ३ अर्ब कायम गर्ने, चुक्ता पुँजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस सेयर वितरण गर्ने, मर्जरसम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएकाे छ ।
त्यसैगरी, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) सञ्चालक पदमा विश्व राज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी विकास बैंक) निर्विरोध निर्वाचित भएका छन् ।
प्रकाशित समय : ०१:३७ बजे


















