गृहपृष्ठ घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?
555
नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा आइपुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँमा आइपुगेको महासंघले जनाएकाे छ । मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : १७:१० बजे



















