global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले अध्यक्ष ओलीसँग चिनियाँ नेताको भेटवार्ता

एमाले अध्यक्ष ओलीसँग चिनियाँ नेताको भेटवार्ता

एमाले अध्यक्ष ओलीसँग चिनियाँ नेताको भेटवार्ता

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले भेटवार्ता गरेका छन् । नेपालको चार दिने भ्रमणमा रहेका लिउ ओलीलाई भेट्न मंगलबार बिहान उनको निवास बालकोट पुगेका हुन् ।

यसअघि, उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायतसँग भेटवार्ता गरिसकेका छन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ । लिउ नेतृत्वको चिनियाँ टोली आइतबार काठमाडौं आएको हाे ।

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु