काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मौलिक खानाको प्रवद्र्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव

378
shares

रूपन्देही। मौलिक खानाका परिकार, कला तथा संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले बुटवलमा आजदेखि खाना महोत्सव हुने भएको छ ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको आयोजनामा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रङ्गशालामा सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा थारू, नेवारी, मगर, थकालीलगायत विभिन्न जातजातिका मौलिक खानाका ६० वटा स्टल रहने महोत्सव संयोजक एवं सङ्घका अध्यक्ष माधवकुमार खनालले जानकारी दिए ।

नेपाली मौलिक खानाको स्वादसँगै विभिन्न समुदायको कला, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको र खाद्य स्वच्छता तथा सरसफाइमा विशेष ध्यान दिइने उनले जानकारी दिए ।

महोत्सवमा करिब दुई लाख दर्शक सहभागी हुने तथा रु एक करोड ५० लाखबराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले खाना महोत्सव बुटवलको पहिचान र पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा स्थापित हुँदै गएको बताए । उनका अनुसार महोत्सव हरेक दिन अपराह्न ४ः०० देखि राति १०ः०० बजेसम्म सञ्चालन हुनेछ ।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम छ । उद्घाटनअघि बुटवलका विभिन्न स्थानबाट झाँकीसहितको ¥याली महोत्सवस्थल पुग्नेछ । बुटवलमा २०७५ सालदेखि निरन्तर सडक खाना महोत्सव आयोजना हुँदै आएको छ ।