गृहपृष्ठ अर्थर गनले नेपालका सात सहरमा कन्सर्ट गर्ने
अर्थर गनले नेपालका सात सहरमा कन्सर्ट गर्ने
'अर्थर गन'को नामले चिनिने दिवेश पोखरेलले नेपालमा कन्सर्ट गर्ने भएका छन् । 'अमेरिकन आइडल २०२०'को फाइनलमा पुगेका पोखरेल भदौमा नेपाल आउन लागेका हुन् ।
काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन, इटहरी लगायतका सात सहरमा उनको कन्सर्ट गर्ने तयारी भइरहेकाे कन्सर्टको आयोजक ब्रेन सर्भिसले जानकारी दिएकाे हाे । अमेरिकामा बस्दै आएका उनी अमेरिकन आइडलपछि पहिलोपटक नेपाल आउन लागेका हुन् ।
नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना कन्सर्टको रूपमा अघि बढाउने तयारी पनि रहेको आयोजकले जनाएको छ । गायक पोखरेलले 'न्यानो घर', 'प्रलय', 'म', 'हाम्रो दिन', 'आकाशको परी' लगायतका गीत सार्वजनिक गरेका छन् ।
प्रकाशित समय : १६:३९ बजे



















