काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिक्किम आइडल इन्टरनेशनल सिजन–३ को अडिसन घोषणा, काठमाडौंसहित विभिन्न सहरमा अडिसन हुने

735
shares

ai logo सारांश

  • भारतको सिक्किममा आयोजना हुने ‘सिक्किम आइडल इन्टरनेशनल सिजन–३’ का लागि काठमाडौं सहित विभिन्न सहरमा अडिसन सञ्चालन गरिने भएको छ ।
  • प्रतियोगिताको आयोजक टोलीले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै अडिसनको तालिका सार्वजनिक गरेको हो ।
  • डिसेम्बर ६, ७ र ८ मा सिक्किमका सबै जिल्लामा अडिसन सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

काठमाडौं । भारतको सिक्किममा आयोजना हुने ‘सिक्किम आइडल इन्टरनेशनल सिजन–३’ का लागि काठमाडौं सहित विभिन्न सहरमा अडिसन सञ्चालन गरिने भएको छ ।

प्रतियोगिताको आयोजक टोलीले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै अडिसनको तालिका सार्वजनिक गरेको हो ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको संरक्षण तथा प्रमुख संरक्षक ज्याकब खालिङको अवधारणामा आयोजना हुन लागेको प्रतियोगितामार्फत उदीयमान संगीत प्रतिभाको अन्तर्राष्ट्रिय खोजी गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा सिक्किम कला, संस्कृति तथा सम्पदा बोर्डका अध्यक्ष तथा संरक्षक सञ्जय दिलपाली राई, प्रतियोगिताका प्रमुख सञ्चालन अधिकृत डा. मनोज राई, कार्यक्रम प्रभारी दिवाश राई र रचनात्मक निर्देशक प्रणेश पाख्रिनलगायतको उपस्थिति थियो ।

प्रतियोगिताका लागि अक्टोबर ३१ देखि अनलाइन अडिसन सुरु भइसकेको छ ।

आयोजकका अनुसार नोभेम्बर ३० देखि देहरादून, गुवाहाटी, काठमाडौं र बिर्तामोडमा प्रत्यक्ष अडिसन आयोजना गरिनेछ । त्यसपछि डिसेम्बर ३ मा सिलिगुडी, दार्जिलिङ र कालिम्पोङमा अडिसन हुनेछ ।

त्यस्तै, डिसेम्बर ६, ७ र ८ मा सिक्किमका सबै जिल्लामा अडिसन सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।