गृहपृष्ठ गुराँस लाइफद्वारा १३ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी
गुराँस लाइफद्वारा १३ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्लाहीकाे लालबन्दी नगरपालिका वडा नम्बर १ बसोबास गर्ने बीमित स्वर्गीय चन लाल मोक्तानको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ ।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले उनको इच्छाइएको व्यक्ति श्रीमती सितामाया मोक्तानलाई १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । स्वर्गीय चन लाल मोक्तानको क्यान्सर रोगबाट मृत्यु भएको थियो ।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत कण्डेलले जीवन बिमा बचत मात्र नभई आर्थिक क्षति विरुद्धको सुरक्षा पनि भएकोले जीवन बिमा सबैका लागि अपरिहार्य रहेको बताए ।
प्रकाशित समय : १७:२९ बजे



















