राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
वि.सं.२०८३ कात्तिक १६ सोमवार १८:२०
shares

“नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले गरेको निरन्तर सहयोग हाम्रा लागि महत्त्वपूर्ण छन् । नेपालको लोकतन्त्र, सङ्घीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विटजरल्यान्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डको सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको बताए । सो अवसरमा स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरेले हिमालहरू चलायमान हुँदैछन् भन्दै यसका लागि पूर्वसूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेकामा जोड दिए । उनले यसमा स्विट्जरल्यान्डले काम गरिरहेको भन्दै नेपालसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार हरेको उल्लेख गरे।

























