global ime bank Long Banner Ad

गृहपृष्ठ पछिल्लो २४ घण्टामा थपिए ४४ जना काेराेना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ४४ जना काेराेना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ४४ जना काेराेना संक्रमित

पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार ७९८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल २२९ जना सक्रिय संक्रमित छन् । सो अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ४२६ पुगेको छ । संक्रमितमध्ये संक्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज एक लाख ३६ हजार ९९६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयले यही असार ९ देखि १५ गतेसम्म ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाइरहेका छन् । 

हाल होम आइसोलेसनमा २२३, संस्थागत आइसोलेसनमा ६ जना र दुई जनाको सघन उपचार कक्ष (आइसीयू)मा उपचार भइरहेको छ ।

प्रकाशित समय : २१:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु