काठमाडौं महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:४४
shares

सारांश
- काठमाडौं महानगरपालिकाले वाल्मीकि विद्यापीठलाई २० लाख आर्थिक सहयोग गरेको छ ।
- महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले सो रकम वाल्मीकि विद्यापीठका प्राचार्य अच्युत लामिछानेलाई हस्तान्तरण गरे ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले वाल्मीकि विद्यापीठलाई २० लाख आर्थिक सहयोग गरेको छ ।
महानगरपालिका शिक्षा विभागले संस्कृत शिक्षा प्रवर्द्धन शीर्षकअन्तर्गत नेपाल संस्कृत विश्वविद्यालयको उक्त विद्यापीठलाई फर्निचर तथा पुस्तकालय विकास अनुदान कार्यक्रमका लागि २० लाख सहयोग गरेको हो ।
महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले सो रकम वाल्मीकि विद्यापीठका प्राचार्य अच्युत लामिछानेलाई हस्तान्तरण गरे ।
विद्यापीठका नाममा निकासा भएको रकम लक्षित उद्देश्यअनुरूप कार्य अघि बढाउन खर्च गरिने प्राचार्य लामिछानेले राससलाई जानकारी दिए ।
महानगरपालिकाले संस्कृत शिक्षा प्रवर्द्धनका लागि आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएकोसमेत उनले सुनाए ।

























