काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

567
shares

ai logo सारांश

  • एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ ।
  • २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।
  • ४१ वर्षीय निविन पोली र २५ वर्षीया ममिथा बैजु मुख्य भूमिकामा रहेको यो फिल्म हालसम्मकै सर्वाधिक कमाइ गर्ने मलयालम फिल्म बनेको दाबी गरिएको छ ।

काठमाडौँ । एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ । २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।

४१ वर्षीय निविन पोली र २५ वर्षीया ममिथा बैजु मुख्य भूमिकामा रहेको यो फिल्म हालसम्मकै सर्वाधिक कमाइ गर्ने मलयालम फिल्म बनेको दाबी गरिएको छ ।

गिरिश एडिको निर्देशनमा बनेको फिल्मका सहनिर्माता फहद फासिल, दिलिश पोथन र श्याम पुष्करन हुन् । फिल्म एस्ली र उनीभन्दा उमेरले जेठा छिमेकी जस्टिनबीचको सम्बन्धमा केन्द्रित छ ।

एस्ली र उनको परिवार मुन्डक्कायमबाट करुकुट्टीमा बसाइँ सर्छन् र जस्टिनका छिमेकी बन्छन् । ४० वर्ष नाघिसकेका जस्टिन अविवाहित छन्, तर आफ्नो छरछिमेकमा निकै प्रिय छन् । एस्ली उनीप्रति आकर्षित हुन्छिन् । अब अगाडि के हुन्छ र यो अप्रत्याशित जोडी अन्त्यसम्म टिक्न सक्छ कि सक्दैन भन्ने नै मुख्य प्रश्न हो ।

प्रेम, हास्य तथा पारिवारिक कथावस्तुलाई दर्शकले रुचाएका कारण फिल्मलाई दर्शकले मन पराए । मलयालम फिल्म उद्योगमा तुलनात्मक रूपमा कम बजेटमा बलियो कथा र प्रभावशाली प्रस्तुति भएका फिल्म निर्माण हुने गरेको चर्चा हुँदै आएको छ ।

मलयालम फिल्ममा इतिहास रच्न सफल फिल्म नेपालमा डिगोमा हेर्न सकिन्छ । जिओहटस्टारलाई नेपाल भित्र्याएको डिगोले ‘बिग बोस’, ‘इन्डिया का टप १ पर्सेन्ट’ र पछिल्लो समय चर्चामा रहेको ‘कफी विथ करण’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि ल्याएको छ । जिओहटस्टारमा उपलब्ध यी कन्टेन्ट नेपालमा विना झन्झट सरल तरिकाले डिगोमा हेर्न सकिन्छ ।