global ime bank Long Banner Ad

गृहपृष्ठ ११ दशमलव ८२ अंकले घट्यो सेयरबजार

११ दशमलव ८२ अंकले घट्यो सेयरबजार

११ दशमलव ८२ अंकले घट्यो सेयरबजार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ११.८२ अंकले घटेर एक हजार ९२१.३१ बिन्दुमा पुगेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज ३.२२ अंकले झरेको छ । 

२३० कम्पनीको सेयर कारोबार भएको दिन ३० लाख ३७ हजार ६८० कित्ता किनबेच भएको छ । नेप्सेका अनुसार २३ हजार १३३ पटकको कारोबारमा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको सेयर खरिदबिक्री भएको हो । 

कारोबारका आधारमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ७ करोड ३१ लाख बढीको कारोबार भएको हो । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको पनि ५ करोड ४३ लाख बढीको सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये अधिकांश उपसमूह घटेका छन् । तर, जीवन बिमा र वाणिज्य बैंक उपसमूह भने बढेको छ । 

म्युचुअल फन्ड उपसमूह १.०३ अंकले बढेको हो । जीवन बिमा उपसमूहअन्तर्गत ठुलो चुक्ता पुँजी भएका चारवटा कम्पनीको सेयर मूल्य बढ्दा यो उपसमूह बढेको हो । 

यस्तै, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.७४ प्रतिशत, कृषि विकास बैंक, सनराइज फष्ट म्युचुअल फन्ड पनि ५ प्रतिशतभन्दा धेरैले बढेका छन् । 

लक्ष्मी इक्टि फन्डले ५.७३ र जनरल इन्स्योरेन्स कम्पनी, सिंगटी हाइड्रोलगायत ९ कम्पनीले करिब ४ प्रतिशत गुमाएका छन् । 

प्रकाशित समय : २२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु