गृहपृष्ठ पाँच दिनमा काठमाडौंमा २ लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

पाँच दिनमा काठमाडौंमा २ लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

पाँच दिनमा काठमाडौंमा २ लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट विभिन्न कम्पनीका सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्।

निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८,बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएका छन्। मुख्य राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले यही भदौ १४ गतेदेखि काठमाडौं,धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको थियो।

सरकारले भरिएको घरेलु ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ तोकेको भए पनि ढुवानी कठिनाइको कारण भन्दै उद्योगीहरूले प्रतिसिलिन्डर १०० देखि १०५ रुपैयाँसम्म थप मूल्य लिएको रिपोर्ट छ। तर, बजारमा प्रतिसिलिन्डर २६ देखि ३ हजारसम्म ग्यास बिक्री भइरहेको छ।

प्रकाशित समय : १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु