२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४०७ जनालाई कारबाही
वि.सं.२०८३ कात्तिक २३ सोमवार १२:५७
shares

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४०७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
सोमबर बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १००, सिसिटिभिमार्फत २५, रातोबत्तीमा १२ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १०५, हर्न निषेधमा ४, अवस्था ठिक नभएको ८ जना र अन्यमा १९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

























