काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

टिमुरेका नबिल बैंकका ग्राहकले धुन्चेबाट सेवा लिनुपर्ने

897
shares

काठमाडौंं । नबिल बैंकले बाढीग्रस्त क्षेत्र रसुवाको टिमुरेबाट धुन्चेमा शाखा कार्यालय समायोजन गरेको छ ।

यससँगै टिमुरेमा रहेका नबिल बैंकका ग्राहकले बैंकिङ सेवा लिनका लागि धुन्चे जानुपर्ने भएको छ । बैंकले असोज १ देखि नै धुन्चेबाट सेवा लिन ग्राहकहरूलाई आग्रह गरेको छ ।

गत भदौ १० गते भोटेकोशी हुँदै आएको बाढीले टिमुरेमा रहेको बैंकको शाखा पूर्ण रुपमा क्षति भएपछि बैंकले सो शाखा समायोजन गरेर धुन्चेबाट सेवा दिन लागेको हो ।