global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल एसबीआई बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्दै

नेपाल एसबीआई बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्दै

नेपाल एसबीआई बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्दै

नेपाल एसबीआई बैंक लिमिटेडले २२ असारदेखि तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ३० लाख इकाई ‘नेपाल एसबीआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

बैंकले दीर्घकालीन स्रोत जुटाउनका लागि उक्त ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो । पाँच वर्ष अवधि रहने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन् । जारी हुने एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाईका लागि सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् । एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्ने छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन छिटोमा २६ असारमा बन्द हुने छ भने सो अवधिसम्ममा सबै बिक्री नभएको खण्डमा ४ साउनसम्म खुला रहने छ ।

लगानीकर्ताले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल ए रेटिङ’ प्रदान गरेको छ ।

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु